धरौटी बुझाउनासाथ अदालत परिसरबाटै फेरि पक्राउ परे दुर्गा प्रसाईं



काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अदालत परिसरबाट फेरि पक्राउ परेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थिको इजलासले प्रसाईँलाई ४० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । प्रसाईँले धरौटी बझाउनेवित्तिकै उनी आदलत परिसरबाट पक्राउ परेका हुन् ।


उनलाई आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धानका लागि फेरि पक्राउ गरिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रसाईँसँग यसअघि नै बयान लिइसकेको छ ।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने कार्यमा प्रसाईँको संलग्नताबारे छानविन भइरहेको छ । सो समूहका नाइके हरिचन्द्र फुयाल पनि प्रहरी हिरासतमा नै छन् ।

‘प्रतिवादी दुर्गाप्रसाद प्रसाई प्रस्तुत मुद्दाको कसूरबाट छुटि जाने भएमा, वादी नेपाल सरकार प्रतिवादी हरिचन्द्र फुयल समेत भएको आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसूर मुद्दामा बयान लगायतको अनुसन्धान कार्य गर्नको लागि ब्यूरोमा उपस्थित गराई दिन हुन भन्ने तालुक नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, लाजिम्पाट काठमाण्डौंको च.नं.४६८५, मिति २०८९१।८।१८ गतेको पत्र माग बमोजिम प्रतिवादी दुर्गाप्रसाद प्रसाईलाई सो व्यूरोमा उपस्थित गराउने आदेश समेत गरि पाउन अनुरोध छ,’– प्रसाईँविरुद्ध काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग पत्रमा भनिएको थियो ।

प्रसाईँको पुनः गिरफ्तारीविरुद्ध उनका समर्थकहरुले अदालत परिसरमा नै नाराबाजीसमेत गरेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here