जनकपुरधाम । धनुषामा बोराभित्र एक जनाको शव फेला परेको छ। धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनी बोराभित्र अन्दाजी ३० वर्षीय युवकको शव फेला परेको छ।
घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गर्न लागिएको धनुषा प्रहरीको भनाइ छ।
बिहीबार दिउँसो ३ बजेतिर बोराभित्र शव फेला परेको प्रहरीले जनाएको छ।