एजेन्सी । दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा ३८ जना भियतनामी पर्यटक बेपत्ता भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार टापुको पर्यटन ङ्गगठनलाई उद्धृत गर्दै जनाएको छ ।
गत नोभेम्बर– १४ मा चार्टर्ड भियेटजेट एयरको उडान बाट करिब ९० जना भियतनामी यात्रु टापुमा आइपुगेका थिए । तीनीहरु मध्ये ३८ जना पर्यटकहरु यहि स्थान बाट सम्पर्क विहिन भएको तथा बाँकी यात्रुहरु सोहि उडानमा फिर्ता भएको स्रोतले जनाएको छ ।
ती विदेशी यात्रुहरूलाई बिना भिसा ३० दिन सम्म उक्त टापुमा बस्न अनुमति दिइएको थियो । जस अनुसार ती भियतनामी पर्यटकहरू डिसेम्बर–१४ पछि अवैध आप्रवासी हुनेछन् ।
टापु स्थित अध्यागमन कार्यालयले वेतत्ता भियतनामीहरूको ठेगाना पत्ता लगाउन निगरानी गरिरहेको जनाएको छ ।