तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न



काठमाडौं । तेस्रो राष्ट्रिय फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिता–२०८१ अन्तर्गतको पहिलो दिन छनोट चरणका खेलहरू सम्पन्न भएका छन् । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घले वार्षिक रूपमा राष्ट्रिय फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिता आयोजना गर्दै आएको छ ।

काठमाडौंको गल्फुटार स्केटपार्कमा भएको प्रतियोगिताको पहिलो दिनमा दुई सय ५० जना पुरूष र एक सय ५० जना महिला खेलाडीको छनोट चरणका खेलहरू भएको आयोजक सङ्घका केन्द्रीय महासचिव सत्य थापाले जानकारी दिए ।


दुई दिनसम्म चल्ने प्रतियोगितामा पुरूष र महिलातर्फ खुल्ला फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिताअन्तर्गत प्रथम हुनेले रू १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेल पाँच हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, प्रतियोगिताका विजेतालाई दक्षिण कोरियामा आगामी जुन महिनामा आयोजना हुने एसियन रोल्लर डारबी प्रतियोगितामा सहभागी गराइनेछ ।

रोल्लर स्केट खेलअन्तर्गत फ्री–स्टाइल विधामा जिकज्याक विधा खेलाइने आयोजक सङ्घका महासचिव थापाले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here