डुंगाबाट अवैधरुपमा युरोप प्रवेश गर्न खोज्दा पाकिस्तानी नागरिकको ज्यान गएपछि कारबाही थाल्न ‘एफआईए’ लाई निर्देशन



इस्लामावाद । डुङ्गाबाट अवैध रूपमा युरोप प्रवेश गर्ने प्रयासमा पाकिस्तानी नागरिकको ज्यान गएपछि पाकिस्तानका आन्तरिक मन्त्री मोहसिन नक्वीले सघीय अनुसन्धान एजेन्सी (एफआईए) लाई कारबाही थाल्न निर्देशन दिएका छन् ।

नक्वीले आपराधिक माफियाहरूलाई ध्वस्त पार्ने तत्काल आवश्यकतामा जोड दिए । प्रधानमन्त्री शहबाज सरिफको आदेशमा उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयका अतिरिक्त सचिवको नेतृत्वमा समिति गठन गरिएको छ । समितिलाई पाँच दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ ।


ग्रीसको दक्षिणी टापु गाभडोस नजिकै काठको डुङ्गा पल्टिएपछि कम्तिमा पाँच आप्रवासी डुबेका थिए । धेरै अझै बेपत्ता छन् ।

कोस्ट गार्डले उनीहरूलाई क्रेट टापुमा सारिएको र बेपत्ताको सङ्ख्या अझै पुष्टि भइसकेको न्युज इन्टरनेशनलले जनाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री सरिफले पनि डुङ्गा पल्टिँदा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरे । उनले भविष्यमा यस्ता घटना हुन नदिन कडा सजाय र ठोस पहल गर्नुपर्नेमा जोड दिए ।

सन् २०२३ जुन १४ मा पाकिस्तान, सिरिया र इजिप्टका करिब ७५० जना मानिस बोकेको एउटा डुङ्गा ग्रीस नजिकैको खुला समुद्रमा डुबेको थियो । कुल यात्रुमध्ये १०४ जना बाँच्न सफल भएका छन् भने ८२ जनाको शव निकालिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here