जर्मनीमा क्रिसमसमा भएको आक्रमणमा परी पाँच जनाको मृत्यु, २०० भन्दा बढी घाइते



जर्मनी । जर्मनीको एक क्रिसमस बजारमा भएको कार दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने दुई सय भन्दा बढी घाइते भएका छन् ।

जर्मनीका स्याक्सोनी-अनहाल्ट राज्यका प्रमुख रेनर हसेलोफले शनिबार जानकारी दिएको हो । पूर्वी सहर म्याग्डेबर्गमा आएका जर्मन चान्सलर ओलाफ स्कोल्जले मृतकका आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् । घटनामा करिब ४० जना गम्भीर घाइते भएका र सरकारले उनीहरूको उपचारको व्यवस्था मिलाएको उनले बताए । साथै, उनले ‘भयानक आक्रमण’को निन्दा गरेका छन् । 


सन् २०१६ मा पनि बर्लिनको क्रिसमस बजारमा जिहादी समूहले आक्रमण गरेको थियो । चान्सलर स्कोल्जले ‘यति धेरै मानिस हताहत भएको ‘भयानक आक्रमण’बारे जर्मनीले ‘उचित कानूनी दण्डद्वारा’ जवाफ दिने प्रतिबद्धता व्यक्त गरे । 

जर्मनीमा आप्रवासन र सुरक्षाको विषयमा चर्को बहस भइरहेका बेला स्कोल्जले राष्ट्रिय एकताका लागि आह्वान गरेका छन् ।चान्सलरले भने, “हामी एक देशका नागरिकका रूपमा सँगै बस्छौँ, एकसाथ रहन्छौँ तर आफ्नै समुदायविरुद्ध हतियारहरूको प्रयोग गर्छौँ, के यो घृणा होइन ? उनले भने, “विश्वका धेरै मुलुकबाट ऐक्यबद्धता आएको छ । हामी जर्मनहरू यस भयानक विपत्तिको सामना गर्न एक्लो छैनौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here