गाजामा कम्तिमा १७ हजार ४९२ बालबालिकाको मृत्यु :संयुक्त राष्ट्र सङ्घ



संयुक्त राष्ट्र सङ्घले आफ्नो प्रतिवेदनमा विश्वका १९ प्रतिशत बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा बस्ने तथा ४७ करोड २० लाख द्वन्द्व र हिंसाका कारण विस्थापित भएको बताएको छ ।

शनिबार जारी गरिएको अध्ययनमा संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले प्यालेस्टाइन, म्यानमार, हाइटी र सुडान जस्ता क्षेत्रमा चलिरहेको द्वन्द्वलाई प्रकाश पार्दै विश्व दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब द्वन्द्वको सामना गरिरहेको बताएको छ ।


गाजा र युक्रेनमा भएको द्वन्द्वमा हजारौं बालबालिका मारिएका तथा घाइते भएकाले सन् २०२३ को तुलनामा सन् २०२४ को पहिलो नौ महिनामा बढी बालबालिकाको मृत्यु भएको राष्ट्रसङ्घले पुष्टि गरेको छ । रिपोटका अनुसार इजरायल र प्यालेस्टाइन बीचको द्वन्द्वका कारण गत १५ महिनामा गाजामा कम्तिमा १७ हजार ४९२ बालबालिकाको मृत्यु भएको छ ।

यसैबीच, युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले सन् २०२४ द्वन्द्वमा परेका बालबालिकाका लागि रेकर्डमा सबैभन्दा नराम्रो वर्ष हुने बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here