गणतन्त्रलाई अझैँ विश्वसनीय र सुदृढ बनाउनुपर्छ : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई अझैँ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताएका छन्। मंगलाबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले उक्त कुरा बताएका हुन्।

गणतन्त्रलाई सफल पार्न अझ विश्वसनीय बनाउनुपर्ने बताए। अहिले राष्ट्रिय मेलमिलापको नीतिबाट एकताबद्ध रूपमा अघि बढिरहेको भन्दै सम्पूर्ण नेपालीलाई एक सूत्रमा एकताबद्ध गर्नुपर्ने उनको भनाइ छ।


‘आजको यो जुन गणतन्त्र छ, यसलाई सफल पार्न अझ विश्वसनीय बनाउनु हामी सबैको कर्तव्य छ। मलाई लाग्छ, यो गणतन्त्र स्थायी रहन्छ, अझै सुदृढ बनाउनुपर्छ। अझै प्रभावकारी बनाउनुपर्छ। राष्ट्रिय मेलमिलापको नीतिबाट एकताबद्ध रूपमा हामी अघि बढिरहेका छौँ, यसलाई अझ अघि बढाउनुपर्छ,’ उनले भने।

सभापति देउवाले सम्पूर्ण नेपालीबीचमा एकता गर्नु आजको आवश्यकता भएको बताए। सबै नेपालीलाई राष्ट्रिय एकताको एक सूत्रमा बाँध्न जरुरी रहेको उनको भनाइ छ। उनले भने, ‘पूर्वका हुन् वा पश्चिमका हुन्, उनीहरूका विभिन्न चाहनाहरू होलान् तर त्यसको समन्वय गरेर एकताबद्ध भई एक सूत्रमा बाँकी राष्ट्रिय सूत्रमा बाँधिनुपर्छ।’

सभापति देउवाले कांग्रेसका लागि मात्रै नभइ देशभरका सबै नागरिकका लागि नै राष्ट्रिय मेलमिलाप अत्यावश्यक रहेको उल्लेख गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here