चन्द्रपुर (रौतहट) । रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादीकास)का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी भएका छन् । हिजो सम्पन्न उपनिर्वाचनमा उनले छ सय ५५ मत प्राप्त गरेका थिए ।
उनका निकटतम प्रतिस्पर्धि नेकपा (एमाले)का जिउतीदेवी यादवले छ सय ३१ मत ल्याएका थिए भने नेपाली कांग्रेसका सुबोधकुमार यादवले छ सय १७ मत र जसपा नेपालका सन्देशप्रसाद यादवले दुई सय ५८ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए । यसअघिको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका रामाज्ञा यादव निर्वाचित भएका थिए ।
यसैबीच ईशनाथ नगरपालिका वडा –७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिकले बजरङ्गीप्रसाद यादवले छ २७ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिष्पर्धि एमालेका उम्मेदवार शेख अनवरले पाँच सय ७५ मत प्राप्त गरेकाे निर्वाचन कार्यालय प्रमुख दासले जानकारी दिए ।