काठमाडौं । कप्तान रोहितकुमार पौडेलले फेरि एउटा सानदार इनिङ्स खेलेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो जित दर्ता गरेको छ ।
लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनमात्र जोड्न सक्यो । चितवनका लागि लुक बेनकेन्सटाइनले ३१, नर बहादुर शार्कीले २२ तथा कुशल मल्लले २० रन जोडे ।
बलिङतर्फ लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सानदार इनिङ खेले । ब्याटिङमा सर्वाधिक ८० रन बनाएका कप्तान रोहितले बलिङमा पनिआज उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभर स्पेशलमा १७ रन मात्र खर्चेर ४ विकेट लिएका हुन् । मुख्य बलरहरुले विकेट लिन संघर्ष गरिरहँदा रोहितले पार्ट टाइम स्पीन बलिङबाट विपक्षीको विकेट झारेका हुन् ।
रामोन सिमण्ड्सले २ विकेट लिँदा साद विन जफर र अभिशेष गौतमले समान १ विकेट लिए ।