काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सिनामाथि कारबाही गरेको छ ।
बुधबार बसेको सचिवालय बैठकले पाण्डेलाई स्थायी कमिटी र तिमल्सिनालाई केन्द्रीय कमिटीबाट ६ महिनाका लागि निलम्बित गरेको हो ।
त्यस्तै, बैठकले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरेको छ । भाटभटेनीका संचालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा दान लिएको भन्दै उनीहरुले विरोध गरेका थिए । त्यसपछि पार्टीले उनीहरुमाथि स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरण चित्तबुझ्दो नभएकाले कारबाही गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । ज्ञवालीले उनीहरुले गल्ती स्वीकार नगरेकाले कारबाही गरेको बताए ।