काठमाडौं । नेपाल प्रिमियर लिगमा कर्णाली याक्स प्लेअफमा पुगेको छ । कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १३ ओभरभित्र नभेट्टाएपछि काठमाडौं बाहिरिएको छ । भने कर्णालीले अन्तिम चारमा आफ्नो ठाउँ सुरक्षित गरेको छ ।
आज भएको अन्तिम खेलमा कर्णालीमाथि सुदूरपश्चिमले ६ विकेटको फराकिलो जित निकाल्यो । कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १५ ओभरमा पूरा गर्यो ।
यो सँगै एनपीएलको शीर्ष चारमा पुगेन टिमको टुंगो लागेको छ । सात खेलबाट १२ अंक जोडेको सुदूरपश्चिम शीर्ष स्थानमा रहँदा समान खेलबाट १० अंक जोडेको जनकपुर दोस्रो स्थानमा छ । अब यी दुई टिमले पहिलो सेमिफाइनल खेल खेल्नेछन् । जित्ने टिम फाइनल पुग्नेछ । भने हार्ने टिमले चितवन र कर्णाली बीचको विजेतासँग दोस्रो इलिमिनेटर खेल खेल्नेछन् ।