इटालीको विमानस्थल तथा विदेश मन्त्रालयको वेबसाइटमा साइबर आक्रमण



रोम । इटालियन प्रहरीले मिलानको विमानस्थल तथा विदेश मन्त्रालय लगायत धेरै वेबसाइटहरूलाई लक्षित गरी रुस समर्थक समूहले गरेको साइबर आक्रमणको अनुसन्धान गरिरहेको जनाएको छ ।

राष्ट्रिय साइबर सुरक्षा प्रहरीका प्रवक्ता मार्को भलेरियो सेर्भेलिनीका अनुसार मन्त्रालयका वेबसाइटहरू, मिलान–लिनेट एयरपोर्ट, सिएना तथा टुरिनका यातायात प्रणालीहरू उक्त आक्रमणबाट प्रभावित भएका छन् ।


रुस समर्थक ह्याकर समूहले टेलिग्राम पोस्टमार्फत आक्रमणको जिम्मेवारी लिएको छ ।

रुसी आक्रामकता विरुद्धको सङ्घर्षमा युक्रेनलाई समर्थन गर्ने नाटो देशहरूमा सार्वजनिक संस्था र रणनीतिक क्षेत्रहरूलाई लक्षित गर्न यो समूह परिचित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here