संयुक्त राज्य अमेरिकामा सन् २०२४ को जनवरीमा एकै रातमा करिब सात लाख ७२ हजार मानिस घरबारविहीन भएको रिपोर्ट सार्वजनिक भएको छ । जसमा ८० हजारभन्दा बढी बालबालिका भएका परिवार रहेका छन् ।
ब्लुमबर्ग न्यूजका अनुसार यो सङ्ख्या सन् २०२३ को तुलनामा ३९ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रपति बाइडनको शासनकालमा देखिएको यो तथ्यांक अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो।
अमेरिकाको सङ्घीय सरकारलेकरिब २० वर्षदेखि यस विषयमा रेकर्ड राख्न सुरु गरेको थियो।