सुशासन र जवाफदेहीताका लागि बेरुजु शून्य बनाउनुपर्नेमा जोड



लुम्बिनी। मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम गर्न प्रदेश सरकारले बेरुजु शून्य बनाउनुपर्नेमा जोड दिएका छन्।

महालेखापरीक्षकको कार्यालयले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको समन्वयमा आज प्रदेश राजधानी देउखुरीमा आयोजना गरेको लेखापरीक्षण, बेरुजु फर्छ्यौट र सम्परीक्षण सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले बेरुजु फर्छ्यौटलाई प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायलाई निर्देशन दिए। उनले भने, ‘सुशासन र जवाफदेहीता कायम गर्न बेरुजुलाई शून्यमा झार्ने रणनीति सरकारले बनाएको छ।’


कर्मचारीको कार्यसम्पादन मुल्यांकनमा बेरुजु फर्छ्यौटलाई अनिवार्य समेटनुपर्ने मुख्यमन्त्री आचार्यले बताए। प्रदेश सरकारले बेरुजु घटाउने बिषय रणनीतिक योजनाहरुमा समेटेर अघि बढाएको र कर्मचारी तहमा जारी गरेको १४ बुँदे निर्देशनले समेत सम्बोधन गरेकाले आगामी दिनमा सुधार हुने विश्वास उनले व्यक्त गरे। प्रदेश तहमा जनशक्तिको अभावलाई समाधान गर्नेगरी लोकसेवा आयोगले कर्मचारी छनोट, बढुवालाई अघि बढाएकाले कार्यसम्पादन सहज हुने बताए।

महालेखा परीक्षक तोयम रायाले सुशासन कायम गर्ने भूमिकालाई प्रभावकारी बनाउन बेरुजु फर्छ्यौटलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले बेरुजु नआउने गरी काम गर्न जरुरी रहेको उल्लेख गरे। प्रदेश तथा स्थानीय तहका कार्यालयहरुमा लेखापरीक्षणको काम अघि बढेको, प्रारम्भिक प्रतिवेदनको जवाफ दिँदा धेरै समस्या आफै समाधान भएर जाने भएकाले त्यसमा ध्यान दिन उनले आग्रह गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here