सहकारी ठगी प्रकरण : पूर्वप्रदेश सभा सदस्य मिना गुरुङ पक्राउ



काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वप्रदेश सभा सदस्य मीना गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

एमाले नेता गुरुङलाई आज कास्कीको पोखरास्थित घरबाटै प्रहरीले पक्राउ गरेको हो ।


पोखरा १२ रानीपौवा निवासी गुरुङ सूर्यदर्शन सहकारीको पूर्वउपाध्यक्ष हुन् । उनी स्थापनाकालदेखि नै सो सहकारीमा आबद्ध थिइन् ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार मुद्दा दर्ता गरेकाहरुको सूचीमा गुरुङको नाम पनि छ । गुरुङलाई प्रहरीले फरारको सूचीमा राखेर मुद्दा दायर गरेको थियो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्‍यक्ति र संस्था गरी ६३ जनाविरूद्ध  कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here