सहकारी ठगी प्रकरण : छविलाल जोशीको बयान सकियो, रविको बयान भोलि



पोखरा । सहकारी ठगी प्रकरणको मुद्दामा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशीसँग बयान सकिएको छ ।

प्रहरीका अनुसार सोमबारदेखि सुरु भएको जोशीसँगको बयान मङ्गलबार सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान थालिएको छ । उनीसँग न्यायाधीश नितिज राईले बयान लिएका हुन् ।


रास्वपा सभापति रवि लामिछानेसँग भोलिमात्र बयान हुने एक अधिकारीले जानकारी दिए । रविसँगै छवि, लिला र रामबहादुर खनाललाई मंगलबार पनि दिनभर जिल्ला अदालत राखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here