संघीय संसद् अन्तर्गत तीन समितिको बैठक बस्दै



काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गत दुई समिति र राष्ट्रिय सभा अन्तर्गत एक समितिको बैठक बस्दै छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागिएको हो भने राष्ट्रिय सभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।


यस्तै, आज राज्य व्यवस्थापन समितिको बैठक कानून समितिको सभाकक्षमा हुँदै छ भने बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता माननीहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिनको १२ः१५ बजे बस्दै छ ।

त्यसैगरी, शिक्षा समितिको बैठकमा औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिनको १ बजे बस्दै छ ।

यस्तै, प्रत्यायोजित विधायन समितिको बैठक विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्न लगिएको छ भने सम्बन्धित सरोकारवाला विभागका महानिर्देशकसँग राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरू सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । बैठक दिनको १२ः३० बजे बस्दै छ ।