काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सीप र आर्जन गरेको सम्पत्ति मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह गरेका छन् ।
दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमणमा रहेका भण्डारीले गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्द्वारा आज आयोजित स्वागत कार्यक्रममा ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।
उनले भने, “तपाईंहरूले आर्जन गरेको सम्पत्ति ढुक्क भएर नेपालमा लगानी गर्नुस्, नेपाल सरकार पँुजीको संरक्षण र प्रवद्र्धन गर्न प्रतिबद्ध छ ।” साथै विदेशी लगानी भित्र्याउन सरकारले उपयुक्त वातावरण बनाउनका साथै लगानी सुरक्षाको प्रत्यभूति गरेको बताए । उनले लगानी प्रवद्र्धन गर्न बाधक ऐनकानुन संशोधन गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।
गैरआवासीय नेपालीहरूले मन्त्री भण्डारीसमक्ष नेपालमा लगानी भित्र्याउन आफूहरू तयार रहेको र नेपाल सरकारले लगानी संरक्षणको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएका थिए ।