राष्ट्रिय प्राणी उद्यान निर्माणलाई प्राथमिकता दिने मन्त्री शाहीको प्रतिबद्धता



भक्तपुर । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सूर्यविनायकमा रहेको राष्ट्रिय प्राणी उद्यानको रोकिएका पूर्वाधार निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री शाहीले राष्ट्रिय प्राणी उद्यानका पूर्वाधार निर्माण गर्न मन्त्रालय तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका हुन् ।


आगामी आर्थिक वर्षमा करिब एक अर्ब बजेट विनियोजन गरेर अन्तर्राष्ट्रियस्तरको उद्यान बनाउन प्रतिबद्ध रहेको उनले बताए ।

मन्त्री ठकुरीले भने, “यो प्राणी उद्यानको विकल्प छैन, त्यसैले आगामी आर्थिक वर्षमा एक अर्ब बजेट विनियोजन गरेर अन्तर्राष्ट्रियस्तरको उद्यान बनाउन मेरो प्रयत्न रहनेछ, यो आयोजना सफल पार्न म हरसम्भव प्रयास गर्नेछु ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here