रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत उपस्थित गराइँदै



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पछिल्लो पटक हिरासतमा राख्न थपिएको ५ दिनको म्याद सोमबार सकिएसँगै आज उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइन लागेको हो ।


उनीविरुद्ध पुस ५ मा जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ l सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने समय हुनाले पुस ५ मा उनीविरुद्ध अभियोग पत्र दायर गरिँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here