म्याग्दीको मराङखोलामा पक्कीपुल निर्माण सुरु



म्याग्दी। बेनी–दरवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक आयोजनाअन्तर्गत मालिका गाउँपालिका–७ भएर बग्ने मराङखोलामा पक्कीपुल निर्माण सुरु भएको छ।

गण्डकी प्रदेश सरकारको पाँच करोड ९६ लाख ६४ हजार रूपैयाँको लागतमा आगामी १८ महिनाभित्रमा निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए।


पुल निर्माणपछि धवलागिरि, मालिका गाउँपालिकाका बासिन्दाका साथै म्याग्दीबाट बागलुङको ढोरपाटन हुँदै पूर्वीरुकुमसम्म बाह्रै महिना यातायातका साधन सञ्चालन हुनेछन्।