![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मुलुकमा आन्तरिक रोजगारी सिर्जना नगरेसम्म आर्थिक विकास नहुने बताएका छन् ।
आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२४ मूल समारोह समितिद्वारा आयोजित अन्तरक्रियामा बोल्दै मन्त्री भण्डारीले आगामी दशकलाई आन्तरिक रोजगार दशकका रूपमा मनाउन लागिएको जानकारी गराएका हुन् ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
उनी भन्छन्, “विदेशमा सिकेर आएकासँग ज्ञान छ, क्षमता छ, उनीहरूको ज्ञानलाई उपयोग गरेर मुलुकको विकासमा लगाउनुपर्छ ।”
‘सुरक्षित आप्रवासनको आधार, सूचना, सीपसहितको रोजगार’ भन्ने मूल नाराका साथ मन्त्रालयले साताव्यापीरूपमा दिवस मनाइरहेको छ । मन्त्री भण्डारीले सारा युवा पलायन भइसके, मुलुक खाली भइसक्यो भन्ने भाष्य तथ्याङ्कले स्थापित नहुने दाबी गरे ।
उनले कैयौँ युवा विदेशबाट सीप सिकेर मुलुकमा उदाहरणीय काम गरिरहेको र सीप सिकेर गएकाले विदेशमा पनि राम्रो काम गरिरहेको बताए ।
विदेशबाट फर्किएकाहरु विभिन्न रोगबाट प्रभावित रहेको उल्लेख गर्दै त्यस विषयमा अध्ययन भइरहेको र त्यसको रिपोर्टका आधारमा टेलिमेडिसिनलगायतका कार्यक्रम सञ्चालन गरिने उनले उल्लेख गरे ।
मन्त्री भण्डारीले मौद्रिक नीतिमार्फत सरकारले वैदेशिक रोजगारीमा बिना धितो ऋण दिने घोषणा गरिएको र त्यसका लागि कार्यनीति बन्दै गरेको जानकारी दिए । उनले अनलाइबाट श्रम स्वीकृति दिने व्यवस्थालाई उच्च प्राथमिकता दिन पनि अनुरोध गरे ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)