![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
एजेन्सी । मलावीमा आएको शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुगेका छन् ।
आइतबार र मङ्गलबारसम्म देशमा परेको भारी वर्षाका कारण ४५ हजार भन्दा बढी मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
विपद् व्यवस्थापन मामिला विभाग (डिओडीएमए) को आयुक्त चार्ल्स कालेम्बाले मङ्गलबार आँधीका कारण २९ जना घाइते भएको बताए ।
कालेम्बाले कूल प्रभावित घरपरिवारको सङ्ख्या १० हजार १५९ पुगेका र करिब ४५ हजार १६२ जना प्रभावित भएका बताउनुभयो । यसमध्ये २२७ जना विस्थापित भएका छन् ।
डिओडीएमए विभिन्न मानवीय साझेदारहरूसँगको सहकार्यमा प्रभावित समुदायहरूलाई राहत सहायता प्रदान गर्दैछ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)