नेप्सेमा दोहोरो अंकको वृद्धि



काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से १४ दशमलव ११ अङ्कले बढेर २६२६ दशमलव ३१ को विन्दुमा पुगेको छ ।

आज एक करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको छ । १६७ कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here