धनुषाधाम नगरपालिका–१ को वडाध्यक्षमा माओवादी केन्द्रका केवट विजयी



जनकपुरधाम । धनुषा जिल्लामा एकजना वडा अध्यक्षका लागि भएको स्थानीय तह उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले जित हात पारेको छ ।

जिल्लाको धनुषाधाम नगरपालिका–१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका सुनिल कापर केवटले ६ सय ८४ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् ।


उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशोक कुमार मण्डलले ६ सय २, जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले ४ सय ९९, नेकपा एमालेबाट प्रमोद यादवले ३६४, राप्रपाले २७ रास्वपाले १० र जनमत पार्टीका उम्मेदवारले २५ मत पाएका छन् ।

धनुषाधाम नगरपालिका(१ मा नेकपा माओवादी केन्द्रलाई एकीकृत समाजवादीले सहयोग गरेको थियो । यहाँ २२५८ मत खसेको थियो । यो वडामा यसअघि नेपाली कांग्रेसका विश्वनाथ यादव विजयी भएका थिए ।