जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेन भ्रमणमा



किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरेकामा आलोचना गरेको केही हप्तापछि जर्मन चान्सलर ओलाफ स्कोल्ज सोमबार साढे दुई वर्षपछि पहिलो पटक युक्रेन आएका छन् ।

अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको नयाँ प्रशासनले युक्रेनका लागि के अर्थ राख्छ भन्ने बारेमा व्यापक अनुमानको समयमा त्यो फोन वार्ता भएको थियो ।


किनभने आगामी राष्ट्रपति ट्रम्पले द्वन्द्व अन्त्य गर्ने वाचा गरेका छन् । एउटा ठूलो परिवर्तनमा जेलेन्स्कीले शुक्रबार किएभको नियन्त्रणमा रहेको क्षेत्रमा नेटो सदस्यताको प्रस्तावले युक्रेनमा ‘युद्धको गरम चरण’ अन्त्य गर्न सक्ने सङ्केत गरेका छन् ।

स्कोल्जको भ्रमण फेब्रुअरीमा हुने अपेक्षा गरिएको प्रारम्भिक जर्मन चुनावको अगाडि भएको हो । अभियान चलिरहेको बेला स्कोल्जले युक्रेनको दोस्रो सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ताका रूपमा जर्मनीको स्थितिलाई औँल्याए र युद्ध बढ्न रोक्न र टाउरस लामो–दूरीको क्रुज क्षेप्यास्त्र आपूर्ति अस्वीकार गर्दै आफ्नो ‘सावधानी’ लाई जोड दिए ।

स्कोल्जले युक्रेनका लागि नाटो सदस्यता द्रुत प्रक्रियाको कुराबारे सावधानी अपनाएका छन् । हालैका महिनाहरूमा उनले शान्तिको मार्ग भेट्टाउने महत्त्वलाई जोड दिएका छन् । यद्यपि उनले यो युक्रेनको सिफारिशमा चयन नगर्ने बताएका छन् ।

उनले जेलेन्स्कीसँगको आफ्नो भेटमा यस महिना थप ६५ करोड युरोको थप सैन्य वितरणको घोषणा गर्ने बताए । “म यहाँ स्थलगत रूपमा स्पष्ट पार्न चाहन्छु कि जर्मनी युरोपमा युक्रेनको सबैभन्दा बलियो समर्थक रहनेछ”, उनले भने ।

यसका बाबजुद स्कोल्जलाई नोभेम्बरमा जेलेन्स्कीले पुटिनसँग कुरा गरेकोमा आलोचना गरेका थिए । यो करिब दुई वर्षमा प्रमुख पश्चिमी शक्तिका वर्तमान नेतासँग भएको पहिलो कुराकानी जस्तो देखिन्छ ।

त्यो फोन वार्तामा स्कोल्जले पुटिनलाई युक्रेनसँग वार्ताका लागि खुला हुन आग्रह गरे तर रुसी नेताले कुनै पनि शान्ति सम्झौताले रुसको क्षेत्रीय लाभ र सुरक्षा मागहरू स्वीकार गर्नुपर्ने र त्यसमा किएभले नाटोमा सामेल हुन त्याग्नु पर्ने बताए ।

जेलेन्स्कीले पुटिनसँग कुरा गर्नाले ‘प्यान्डोराको बाकस’ खोल्ने जोखिम रहेको र रूसलाई अझ कम पृथक  बनाउने काम मात्र गर्ने सुझाव दिए । उनी अक्टोबरमा युद्ध अन्त्य गर्ने आफ्नो ‘विजय योजना’ का लागि समर्थन जुटाउन युरोपका राजधानीहरूमा स्कोल्जसँग भेट्न बर्लिन गएका थिए ।

उक्त योजनामा युक्रेनले नाटोमा सामेल हुन औपचारिक निमन्त्रणा प्राप्त गर्ने सुझाव र किएभलाई रुसभित्रका सैन्य लक्ष्यहरूमा प्रहार गर्न लामो दूरीका पश्चिमी मिसाइलहरू प्रयोग गर्ने अनुमति दिने अनुरोध समावेश थियो ।

केही पश्चिमी राष्ट्रहरूले नोभेम्बरमा आफ्ना हतियारहरू प्रयोग गरी लामो–दूरी आक्रमण गर्न किएभलाई अनुमति दिए । त्यो निर्णयपछि पुटिनले रूसले ‘ओरेसनिक’ नामक रोक्न नसकिने मध्यम दूरीको क्षेप्यास्त्र प्रयोग गरी युक्रेनमा आक्रमण गरेको बताए । यो पहिलो पटक थियो जब त्यस्तो क्षेप्यास्त्र युद्धमा वा अन्य कुनै द्वन्द्वमा प्रयोग गरिएको थियो ।