एनपिएल : कर्णालीको तेस्रो जित, पोखरा सात विकेटले पराजित



काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार भएको दोश्रो खेलमा कर्णालीले पोखरालाई ७ विकेटले पराजित गरेको छ।

पोखराले दिएको १ सय ४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। कर्णालीका लागि गुल्शन झाले सर्वाधिक ४९ रन बनाए। उनले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै चाडविक वाल्टनले ४२ रन बनाए।


त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६ दशमलव ३ ओभरमा १ सय ३ रन बनाउँदै अल आउट भएको थियो। अलराउण्डर विलियम बोसिस्टोले सनसनीपूर्ण प्रदर्शन गर्दै एक्लै ६ विकेट लिएपछि पोखरा १०३ रनमै समेटिएको हो।

पोखराका लागि दिनेश खरेलले २६ रन जोडे। आन्द्रेस गौसले २५ रन जोडे। रेमन रेफरले २०, कुशल भुर्तेल १ बिपिन खत्रीले समान १० रन बनाए। अरू कुनै खेलाडीले दोहोरो अंक स्कोर गर्न सकेनन्। कर्णालीका लागि बिसिस्टोले ६ विकेट लिँदा युनिस ठकुरी, बिपिन शर्मा र सोमपाल कामीले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम लायन्स तथा दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनीबीच प्रतिष्पर्धा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here