आगामी चुनाव एक्लै लड्ने माओवादी केन्द्रको निष्कर्ष



काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी चुनाव एक्लै लड्ने बताएको छ ।

बिहीबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा बसेको पदाधिकारी बैठकले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको हो ।


बैठकपछि बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले उपचुनावको समीक्षा गर्दै सबैतिर माओवादीको राम्रो जनमत आएको बताए । उपचुनावको समीक्षा गर्दै अब २०८४ को चुनावका लागि माओवादीले सबै तयारी थाल्ने सापकोटाले बताए ।