अफगानिस्तानमा अफिम उत्पादन गर्ने १०० जना पक्राउ



काबुल । उत्तरपूर्वी अफगानिस्तानमा अफिम खेती गरेको आरोपमा १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ ।

बदख्सान प्रान्तमा प्रहरीको लागुऔषध विरोधी विभागका निर्देशक शफिकउल्लाह हफिजीले भने,“आजको अपरेसनमा विभिन्न गाउँका बासिन्दासहित एक सयभन्दा बढीलाई अफिम खेती गर्दै पक्राउ गरिएको छ । यी मानिसहरूलाई बदख्सान प्रान्तको प्राथमिक अदालतमा पेश गरिएको छ ।”


सन् २०२२ मा तालिबान सरकारले सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाको आदेशमा अफगानिस्तानमा अफिम उत्पादनमा प्रतिबन्ध लगाएका थिए ।

प्रतिबन्धले अफगानिस्तानमा अफिम खेती गर्ने केन्द्रलाई तालिवान अधिकारीहरूको दक्षिणी गढबाट बदख्सान लगायत उत्तरपूर्वी प्रान्तहरूमा सारेको छ ।