सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक



काठमाडौं। राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औं बैठक सिंहदरबारमा सुरू भएको छ। अन्तरसरकारी समन्वयलाई थप दरिलो बनाउने भन्दै यस्तो समिति बनाइएको हो।
 
उक्त बैठकले विभिन्न विकास आयोजनासहित सरकारी कामकारबाहीमा परेका समस्या फुकाउन विभन्नि निर्णयहरु गर्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा सबै मन्त्रालयहरुले गरेका कामकारवाही र समस्याहरुको समीक्षा पनि गर्नेछ। बैठकमा सबै मन्त्रीसहित सचिवहरुसहित प्रदेशका मुख्यमन्त्री र राष्ट्रिय योजना आयोगका पदाधिकारीहरु पनि सहभागी छन्।


७ महिनाअघि १५ चैतमा समितिको ५२औँ बैठक बसेको थियो । विकास कार्यका लागि अन्तर सरकारी निकाय तथा केन्द्र–प्रदेश–स्थानीय तहबिच समन्वयका लागि निर्देशन दिने कार्यसमेत गर्दै आए पनि लामो समयसम्म बैठक नबस्दा विकासका मुद्दा ओझेलमा परेका छन् । 

राष्ट्रिय विकास समस्या समाधान समिति विकास र योजना सम्बन्धी राज्यको सबैभन्दा उपल्लो मञ्च हो, जहाँ सबै सरोकारवालाले विकास र सेवा प्रवाहमा आइपरेका समस्याबारे छलफल गर्छन् र मन्त्रालयगत तथा अन्तरतह तथा निकायगत समस्याहरु समाधानका लागि निर्णयहरु लिइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here