काठमाडौं । श्रीमानबाट हिंसामा परेको दाबी गर्दै आएकी बिनु यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार सर्वोच्च अदालतको बोर्डमा कालो रङ्ग छ्यापेर विरोध प्रदर्शन गरेकी यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पठाओमा आएर सर्वोच्चको बोर्डमा उनले कालो छ्यापेको प्रहरीले जनाएको छ ।
यादवसँग विवाह गरेका रामेछापका एक युवकले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएका थिए । अदालतले सम्बन्ध बिच्छेदको फैसला सुनाएपछि उनले अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन् ।