श्रीलंकाले आइएमएफसँग नयाँ सम्झौता गर्ने



कोलम्बो । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग आगामी नोभेम्बर २३ सम्ममा नयाँ कर्मचारीस्तरीय सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन् ।

श्रीलङ्काको १० औं संसदको शुभारम्भमा नयाँ सरकारको नीति वक्तव्य प्रस्तुत गर्दै राष्ट्रपति दिसानायकेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सम्झौताबाट अलग हुनु देशको लागि विकल्प नभएको बताए ।


राष्ट्रपति दिसानायकेले हालैको निर्वाचनका कारण सेप्टेम्बरमा हुने भनिएको तेस्रो समीक्षामा ढिलाइ भएको बताए ।

नोभेम्बर १४ मा भएको संसदीय निर्वाचन लगत्तै आईएमएफले सरकारसँग पुनः छलफल सुरु गरेको र यसै साताभित्र कर्मचारीस्तरीय सम्झौतालाई अन्तिम रूप दिनेमा आफूहरू आशावादी रहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here