लेवाटार जोड्ने झोलुङ्गे मर्मतपछि सञ्चालन

पोखरा महानगरपालिका वडा नं ३२ स्थित मालेपाटन र मालमूल घारी जोड्ने ताल खोलामाथि निर्माण भएको झोलुुङ्गेपुल । हालै सञ्चालनमा आएको यो पुलले मालेपाटन र आसपासका स्थानीयवासीलाई वडा कार्यालय, गण्डकी विश्वविद्यालय र पृथ्वीराजमार्गमा आवतजावत गर्न सहज भएको छ । तस्बिरः वासुदेव पौडेल/रासस


गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–४, ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४, लेवाटार जोड्ने झोलुङ्गे मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।

गत असोज १२ गतेको बाढीले क्षतिग्रस्त पुल मर्मत पछि नियमित सञ्चालनमा ल्याइएको सहिद लखन गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर थापाले जानकारी दिए । 


सस्पेन्सन ब्रिज महाशाखाको प्राविधिक सहयोगमा पुलको मर्मत गरिएको हो । गाउँपालिका विपद् कोष बाट विनियोजन भएको एक लाखको लागतमा पुल मर्मत भएको उनले बताए । 

पुल सञ्चालन भए सँगै ठेउवाटार, करङबगर, माथिल्लो ठेउवाटार, तेर्से, बाहुनथोक लगायत क्षेत्रका स्थानीयलाई त्रिशूली तरेर कुरिनटार आउजाउ गर्न सहज भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here