काठमाडौँ । लिभरपुलले युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा आफ्नै घरेलु मैदान एनफिल्डमा लिभरपुलले रियल म्याड्रिडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा एलेक्सिस म्याक अलेस्टर र कोडी गाक्पोले एक एक गोल गरेका हुन् ।
यो जितपछि लिभरपुल च्याम्पियन्स लिगको शिर्ष स्थानमा उक्लिएको छ । लिभरपुलको ५ खेलमा सबै खेल जितेर १५ अंक रहेको छ ।
त्यसैगरी रियल म्याड्रिडको भने यस सिजनको च्याम्पियन्स लिगमा यो तेस्रो हार हो । ५ खेलमा ६ अंक रहेको रियल म्याड्रिड २४औं स्थानमा रहेको छ ।