रविलाई योगेशको सुझावः आफूलाई सिंह ठान्ने घमण्ड लोकतन्त्रले अस्वीकार गर्छ



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफूलाई सिंह भन्दा ठूलो ठान्दा कुरा बिग्रने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै भट्टराईले आफूलाई सिंह ठान्दा कुरा बिग्रने उसले मौलिक चरित्र गुमाउने बताएका हुन् । उनले लोकतन्त्रले यो चरित्रलाई अस्वीकार गर्ने उल्लेख गरेका छन् ।

भट्टराईले सामाजिक संजालमा लेखेका छन्,‘जब मानिसले आफूलाई सिंह ठान्छ तब कुरा बिग्रन्छ, उसले मानिसको मौलिक चरित्र गुमाउँछ अनि उ दम्भी र घमण्डी बन्छ, हिंस्रक बन्छ, कमजोरमाथि जाइलाग्छ, नियम कानुन मान्डैन, अरुको अस्तित्व अस्वीकार गर्छ । लोकतन्त्रले यो चरित्रलाई अस्वीकार गर्छ, त्यसैले मान्छेलाई अझ राम्रो मान्छे बनाउँ, सिंहलाई सिंहकै रूपमा रहन दिउँ Ecosystem  नबिगारौ !’


सहकारी ठगीको आरोपमा पक्राउ परेका रविलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो । अदालतमा बयान दिएर निस्कदै गर्दा रविले बाघलाई खोरमा थुने पनि स्याल नबन्ने अभिव्यक्ति दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here