माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै



काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दै छ ।

विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।उनका अनुसार बैठक बिहान ११ बजे  केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । 


कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो । जसअनुसार थप छलफलका लागि मंसिर ३ गते पदाधिकारी बैठक बोलाउने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here