काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै भारत भ्रमण गर्ने बताएका छन् । उनले चीन भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने बताएका हुन् ।
आज (बिहीबार) प्रेस युनियन धनगढीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै मन्त्री लेखकले प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीपनि भैरहेको खुलासा गरेका हुन् ।
उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भैसकेको छ, चीन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुन्छ ।’ उनले कांग्रेस–एमालेको सत्ता सहकार्यमा कुनै समस्या नरहेको पनि स्पष्ट पारे । उनले दुई दलबीचको सहकार्य ०८४ सालसम्म नै जाने दाबी गरे ।