पूर्वी चीनको एक विद्यालय बाहिर एक विद्यार्थीको चक्कु प्रहारबाट ८ जनाको मृत्यु, १७ घाइते



बीबीसी । पूर्वी चीनको एक विद्यालय बाहिर छुरा प्रहारको घटनामा आठ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । वुसी यिक्सिङ आर्ट्स एन्ड क्राफ्ट्स भोकेस्नल टेक्निकल कलेजबाहिर भएको चक्कु प्रहारको घटनामा आठ जनाको मृत्यु भएको हो ।

स्थानीय समयअनुसार शनिबार उक्त घटना भएको हो । चक्कु प्रहार गर्ने २१ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । ती युवक परीक्षामा असफल र आफ्नो इन्टर्नशिपको तलबबाट दुःखी रहेका प्रहरीले जनाएको छ ।


उनले प्रहरीसमक्ष ‘बिना हिचकिचाहट’ आफ्नो अपराध स्वीकार गरेका छन् । गत सोमबार दक्षिणी सहर झुहाईको एक स्टेडियममा चालकले भीडमा कार कुदाउँमा कम्तीमा ३५ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here