नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक



काठमाडौं । नेपालमा आधिकारिक रुपमा टिकटक दर्ता भएको छ । सरकारले राखेका सबै सर्त मान्ने सर्तमा गत भदौ १९ गते सरकारले टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । सोही शर्तअनुसार सबै प्रक्रिया पूरा गरेर निवेदन दर्ता गरेपछि टिकटक नेपालमा दर्ता भएको हो । यसअघि भाइबर र विटक नेपालमा दर्ता भएका थिए । टिकटक नेपालमा दर्ता भएको तेस्रो सामाजिक सञ्जाल हो ।

सामाजिक सद्भाव खलबलिएको भन्दै प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले गत वर्ष नेपालमा टिकटक प्रतिवन्ध लगाएको थियो । तिहार अघि नै दर्ता प्रक्रिया पुरा भइसकेको भए पनि मङ्गलवार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाणपत्र लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको हो ।