धरहरा चढ्दा आजदेखि शुल्क लाग्नेः नेपालीले प्रतिव्यक्ति दुई सय रुपैयाँ तिर्नुपर्ने

gjlgld{t w/x/f sf7df8f}F, !! j}zfv M ;'gw/fl:yt gjlgld{t w/x/f . lj;+ @)&@ j}zfv !@ ut]sf] e"sDksf sf/0f elTsPsf] pQm ;Dkbf:yn glhs} csf]{ w/fx/f lgdf{0f ul/Psf] 5 . t:jL/M k|bLk/fh jGt,/f;;


काठमाडौँ । आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने भएको छ । परीक्षणका रूपमा यसअघि निःशुल्क खुला गरिएको धरहरा चढ्न शुल्क लाग्ने भएको हो ।

धरहरा चढ्ने शुल्क स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रुपैयाँ तोकिएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार शुल्क निर्धारण गर्न शहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरेको थियो ।


उक्त प्रस्ताव स्वीकृत भएसँगै यही आइतबारदेखि धरहरा चढ्दा शुल्क लाग्ने मन्त्रालयले जनाएको हो । स्वदेशी नागरिकको हकमा विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here