दुर्गा प्रसाईंको मुद्दाको पेसी न्यायाधीश पौडेल र पाण्डेयको इजलासमा



काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको मुद्दामा आज पेसी तोकिएको छ । साइबर अपराधमा पक्राउ परेका उनलाई गैरकानुनी थुनामा राखिएको दाबीसहितको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

यसअघि मनोजकुमार शर्माको एकल इजलासले बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको थियो । प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै गत शुक्रबार उनका छोरा नीराजन प्रसाईंले सर्वोच्चमा निवेदन दिएका थिए । उक्त निवेदनमा अदालत उपस्थित गराउन आदेश गरेपछि मङ्गलवार उनलाई सर्वोच्च उपस्थित गराइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here