त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ ।

विमानस्थलको धावनमार्गको क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गर्नुपर्ने भएकाले कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने बताइएको छ ।


हिउँद महिनामा कम उडान हुने भएकाले विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।