तोलामा १ हजार ५०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँ पुगेको हो । 


अघिल्लो दिन पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो । 

यस्तै महासंघका अनुसार चाँदीको मूल्य तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको थियो ।  जसअनुसार शुक्रबार तोलामा १५ रुपैयाँ बढेर कारोबार भएको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here