कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित



काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेको काँग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।

पूर्व मन्त्रीसमेत रहेका श्रेष्ठ व्यवसायीसमेत हुन् । उनी लामो समयदेखि काँग्रेसको आर्थिक विभागमा थिए । २०७९ मा चितवन-२ बाट चुनाव लडेका श्रेष्ठ रास्वपा सभापति रवि लामिछानेसँग पराजित भएका थिए ।


काँग्रेसको १४ औँ महाधिवेशन सम्पन्न भएको लामो समयसम्म कोषाध्यक्ष पद रिक्त थियो । काँग्रेसको विधानअनुसार १४ सदस्यीय पदाधिकारीमध्ये १३ जना महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here