काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)का लागि नेपाल क्रिकेट संघ –क्यान)ले सिद्धार्थ बैंकसँग प्रायोजक सम्झौता भएको छ । क्यानले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा ५ वर्षका लागि सिद्धार्थ बैंकसँग सम्झौता गरेको हो ।
अब प्रतियोगिताको नाम सिद्धार्थ बैंक एनपिएल हुने छ । यसैगरी एनपिएलका खेलहरु स्टार स्पोर्टस नेटवर्कमार्फत प्रत्यक्ष प्रशारण हुने भएका छन् ।
बोर्डकास्टिङका लागि पनि शुक्रबार नै क्यानले स्टार स्पोर्टसलाई जिम्मेवारी दिएको छ । नेपाल प्रिमियर लिग मंसिर १५ गतेदेखि सुरु हुँदैछ ।