अतिक्रमित संरचना हटाउन गौशालामा महानगरले चलायो डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाको अतिक्रमित संरचना हटाउन गौशालामा डोजर चलाएको छ । गौशाला चोकस्थित फुटपाथ मिचेर बनाइएको संरचना भत्काउन शुक्रबार महानगरले डोजर चलाएको हो ।

त्यसक्रममा केहीबेर तनावसमेत भएको थियो । स्थानीयले डोजर चलाउन अवरोध गर्न खोजेपछि तनाव भएको हो । चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका संरचना हटाउन डोजर चलाइएको नगर प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here