९ वटा संस्थाले उपनिर्वाचन पर्यवेक्षण गर्ने



काठमाडौं । निर्वाचन आयोगले यहीँ मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन पर्यवेक्षणको लागि ९ वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिइएको छ।

आयोगले कात्तिक २६ मा आवेदन माग गरेको थियो। ती संस्थालाई प्रत्येक मतदानस्थलमा दुई जना पर्यवेक्षक खटाउने निर्णय गरेको छ। आयोगले पर्यवेक्षक सङ्घसंस्थासँग अन्तरक्रिया गर्दै निर्वाह गर्नुपर्ने भूमिका र आचारसंहिता बारे छलफल पनि गरेको छ।


प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पर्यवेक्षकलाई ३० दिनभित्र प्रतिवेदन पेश गर्न आग्रह गर्दै सुधारका लागि सुझाव लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here