प्रवेशाज्ञा बिना नेपाल प्रवेश गर्न लागेका दुई बंगलादेशी नागरिक पक्राउ



झापा । प्रवेशाज्ञाविना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरूलाई बुधबार साँझ पक्राउ गरेको हो ।

आफ्नो परिच खुल्ने कुनै कागतपत्र नभएका उनीहरूका साथबाट एक हजार पाँच सय टाका र दुई थान मोबाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं गणका सूचना अधिकारी महेशराज बिष्टले बताए ।


उनीहरूलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ । उक्त कार्यालयले उनीहरूलाई काठमाडौँस्थित अध्यागमन विभाग पठाउने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here