लेवानडोस्कीको दुई गोलमा बार्सिलोना विजयी



काठमाडौँ । युइएफएफ च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले फ्रेन्च क्लब ब्रेस्टविरुद्ध शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले ब्रेस्टलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।


बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले २ गोल गरेका थिए भने डानी ओल्मोले एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको ५ खेलमा १२ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै ब्रेस्टको भने ५ खेलमा १० अंक रहेको छ र नवौं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here